नियम ३५क
बाटो इजाजतपत्र निलम्बन
देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारीको बाटो इजाजतपत्र बढीमा छ महिनाको लागि निलम्बन गर्न सक्नेछः–
(क) ऐनको दफा १०२ विपरीत हुनेगरी यात्रीवाहक सार्वजनिक सवारी चलाएमा,
(ख) यात्रीवाहक सवारीले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारी साधनले यात्रु बोकेमा,
(ग) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०४ विपरीत यातयात सेवा सञ्चालन गरेमा,
(घ) सार्वजनिक सवारीले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गरेमा,
(ङ) यात्रीवाहक सवारीले यो नियम लागू भएको तीस दिनभित्र सवारीको छतमा सामान राख्ने क्यारियर नहटाएमा ।